प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि संक्रमितसँग बैठक गरेका ओलीलाई ‘क्लोज कन्ट्याक’ भन्दै शुक्रवार स्वाब नमूना लिइएको थियो । प्रधानमन्त्रीको सचिवालय स्रोतले उनको रिपोर्ट नेगेटिभ आएको जानकारी दियो ।

शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीलगायत पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो । सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लोकान्तर बाट साभार 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय