काठमाडौँः काठमाडौं उपत्यकामा आइतबारदेखि सटडाउन लागू हुँदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले शुक्रबार सो निर्णय गरेको हो ।

तीनै सीडीओ कार्यालयले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका हुन् ।

नियमित सञ्चालन हुने सेवाहरूः
– शान्ति सुरक्षा सम्बन्धी सेवा,
– ठाडो निवेदन र उजुरी सेवा,
– मुद्दा सम्बन्धी कार्य
– अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र
– विपद् व्यवस्थापन सम्बन्धी कार्य

स्थगित गरिएका सेवाहरू
– नयाँ नेपाली नागरिकता वितरण,
– नागरिकता प्रतिलिपि वितरण,
– हातहतियार दर्ता र नविकरण
– संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य,
– निजी सुरक्षा कम्पनी नविकरण
– राहदानी वितरण,
– नाबालिग परिचयपत्र वितरण र
– अन्य अत्यावश्यक नभएका सेवाहरू ।

अनावश्यक भीडभाड नगरी सामाजिक तथा भौतिक दूरी कायम राखी गफगाफ तथा आवतजावत गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन अपिल गरिएको छ । स्वास्थ्य सतर्कता नअपनाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाहीको चेतावनी दिइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकामा तैनाथ सुरक्षा अधिकारीसहितको बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार सङ्क्रामक रोग सम्बन्धी स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनी दिइएको छ ।

यसका लागि सुरक्षा निकाय सँंगको समन्वयमा बजार, पसल, रेस्टुराँ, सपिङ मल, सरकारी तथा गैरसरकारी कार्यालय, सैलुन पसल ब्युटीपार्लर, स्पा, बर्थ डे पार्टी, भोज, समूहगत भेटघाट लगायत नागरिकको बाक्लो भीडभाड हुने स्थानको निरीक्षण तथा मापदण्ड पूरा गरे नगरेको अनुगमनको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय