काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, कतार, साउदी अरेबिया, अष्ट्रेलिया, फ्रान्स, बेल्जियम र पोल्याण्डमा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरेबियालगायतका देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय