कोरोना संक्रमणको १ उत्तर – डा. रवीन्द्र पाण्डे .. १. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस २. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु ३. एउटा परीक्षण – आर टि पिसिआर ४. एउटा बच्ने तरिका – मास्क ५. एउटा उपचार – आत्मबल ६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन

७. मास्कले बचाउनु पर्ने एउटा अंग – नाक ८. कोरोना संक्रमणबाट नेपाललाई बचाउने एउटा उपाय – सिमाना बन्द ९. संक्रमण नियन्त्रण गर्ने एउटा उपाय – कन्ट्याक्ट ट्रेसिंग १०. कोरोना संक्रमणको एउटा समाधान – खोप ११. रोग फैलिने एउटा कारण – भीडभाड १२. संक्रमणको एउटा जोखिम बर्ग – अनियन्त्रित दीर्घबिरामी १३. हावाबाट कोरोना सर्ने एउटा ठाउँ – भेन्टिलेसन नभएको हल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१४. इम्युनिटी पावर बढाउने एउटा उपाय – सकारात्मक सोंच १५. कोरोना संक्रमणमा चिन्ता बढाउने एउटा कारण – भ्रम १६. संक्रमण निको भएका व्यक्तिको एउटा समस्या – मनोबैज्ञानिक १७. कोरोना धेरै सार्ने एउटा अवस्था – लक्षणपूर्व १८. छिटो कोभिड पत्ता लगाउने एउटा उपकरण – एन्टिजेन किट १९. कोभिडले छिटो असर गर्ने एउटा अंग – फोक्सो २०. कोभिड बिरामीमा एउटा खतरा अवस्था – अचानक अक्सिजन घट्नु २१. कोरोना कालको एउटा महापाप – भ्रष्ट्राचार २२. कोरोना नियन्त्रण गर्ने एउटा अचुक अस्त्र – जनचेतना २३. कोरोना नसर्ने एउटा उपाय – घरभित्र बस्ने २४. कोभिड उपचारको सस्तो र प्रभाबकारी उपचार – प्लाज्मा थेरापी २५. हालसम्मको एउटा प्रभाबकारी औषधि – रेमडेसेभिर