दमक। झापाको मेचीनगर नगरपालिकाका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २३ गते एक सय २ जनाको स्वाब संकलन गरी पठाइएको भएपनि आज २ जनाको मात्र रिपोर्ट आएको मेचीनगरका फोकल पर्सन नबिन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो ।
संक्रमित हुने ३० बर्षीया महिला र ३७ वर्षीय पुरुष हुन् । दुबै जना मेचीनगर ९ का हुन् । दुबै जना गत १२ गते भारतबाट काँकडभिट्टा नाकाहुँदै आएका थिए ।



