दमक। झापाको भद्रपुर नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको भद्रपुर नपाका स्वास्थ्य शाखा प्रमुख मनोज भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा वडा नम्बर १ का ३६ वर्षीय पुरुष हुन भने वडा नम्बर ४ का २५ वर्षीय र वडा नम्बर ८ का १७ वर्षीय पुरुष हुन् ।
३६ वर्षीय पुरुष यही साउन २३ गते साउदीबाट आएका हुन् । त्यस्तै २५ वर्षीय पुरुष साउन २४ गते साउदीबाट र १७ वर्षीय पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित तीनै जना कलबलगुरी क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै भद्रपुर नपामा कोरोना संक्रमण हुनेको संख्या १६ पुगेको छ ।



