दमक। झापाको मेचीनगर नगरपालिकाबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको स्वाबको रिपोर्ट नआइ नै नेपाल प्रहरीका एक अधिकृत बुट्बल गएको खुल्न आएको छ । मेचीनगरबाट गत २५ गते स्वाब संकलन गरिएका थियो ।

जसको आज रिपोर्ट आएको भएपनि रिपोर्ट नआउँदै कोरोना संक्रमित प्रहरी नायब निरीक्षक आज दिउँसो नै बुट्बल पुगेको खुल्न आएको हो । उनी घर विदामा आएर मेचीनगर ७ को उनको घरमा नै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

तर उनी आज रिपोर्ट आउँदा बुट्बल पुगेका थिए । प्रहरी जस्तो जिम्मेवार व्यक्ति भएर पनि यसरी रिपोर्ट नआउँदै बाहिर हिड्नुले कोरोना संक्रमण बढाउन थप बल पुग्ने देखिएको छ । श्रोतका अनुसार उनी अख्तियार बुट्बलमा कार्यरत हुन् ।

मेचीनगरमा आज ती प्रहरीसहित ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जसमध्ये दुई जनालाई स्वास्थ्य चौकी धाइजनको आइसोलेसनमा र एक जनालाई मेचीनपाको आम्दा अस्पतालमा राखिएको छ । प्रहरी भने कोरोना पोजेटिभ भएको रिपोर्ट आउँदा बुट्बल आसपास सरर हिडिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय