
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ४० जना कोरोना भाइरस संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका दुई सय ४० जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस निको हुनेकाे संख्या १७ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।