दमक। दमक उद्योग बाणिज्य संघ दमक झापाले दमक नगरपालिका भित्रका सबै पसल बन्द गर्ने निर्णय गरेको छ । बाणिज्य संघले दमकका सबै पसल बन्द गर्ने निर्णय गरेको उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार आजै देखि पसलहरु आगामी भदौ ६ गते सम्मका लागि बन्द गरिने छ ।

दमकमा समुदायमा कोरोना संक्रमण देखिएसँगै संक्रमण फैलन सक्ने भन्दै संक्रमण फैलन नदिन बाणिज्य संघले यस्तो निर्णय गरेको वाणिज्य संघका उपाध्यक्ष राजु खड्काले बताउनु भयो । वहाँका अनुसार आजै देखि पसलहरु अनिश्चित समय सम्मका लागि बन्द गरिने छ ।

यस विषयमा अहिले बाणिज्य संघका पदाधिकारीसहितको टोली थप छलफलका लागि नगरपालिकामा रहेको पनि खड्काले सवाल नेपाललाइ जानकारी दिनुभयो । दमकमा हिजो मात्र एक व्यापारीसहित ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय