दमक। एनआइसी एशिया बैंकका एक सवारी चालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा विर्तामोड ५ मा रहेको सो बैंककोकर्मचारीको भनि स्वाब संकलन गरी पठाइएको एक जना सवारी चालकमा कोरोना संक्रमण भएको देखिएको हो ।
गत २५ गते विर्तामोडबाट पठाइएका १ सय ७६ जनाको स्वाबको रिपोर्टमा उनको मात्र पोजेटिभ देखिएको विर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार उनी मोरङ्ग विराटनगर ६ घर भएका ४३ वर्षीय पुरुष हुन् । उनी बैंकको सवारी चालक भएकाले बैंकका कर्मचारीहरुको स्वाब संकलन गर्नेक्रममा उनको पनि गरेको तर उनी विराटनगरका भएको पनि उहाँले बताउनु भयो । योसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ सय ३० पुगेको छ । यद्यपि ३ सय ७२ जनाले कोरोना जितिसकेका छन् ।



