दमक। झापाको दमक नगरपालिका वडा नम्बर ६ मा रहेको नयाँ सब्जी बजारभित्र रहेका ३ भारतीय मालवाहक ट्रक फिर्ता पठाइएको छ । लकडाउनको समयमा सामान अनलोड गर्न खोजिएको भन्दै सोमबार विवाद भएपछि आज दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहमति जुटेपछि सामान अनलोड गरि ट्रक फिर्ता पठाइएको हो ।

दमक उद्योग बाणिज्य संघको कार्यालयमा बसको तरकारी तथा फलफुल व्यवसायी संघका प्रतिनिधि, भगवान टोल विकास संस्थाका प्रतिनिधि र प्रतिभा टोल विकास संस्थाका प्रतिनिधि सहितको बैठकले लकडाउन अघि नै खरिद गरी सब्जी बजार भित्र रहेको फलफुल तथा तरकारीका गाडीलाई अनलोड गरी फिर्ता पठाउने निर्णय गरेसँगै गाडी फिर्ता पठाइएको हो ।

साथै लकडाउन अवधिभर कोहि पनि व्यवसायीहरुले सामान ढुवानी गरी आयात निर्यात गर्न नपाउने पनि सहमति भएको बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो । लकडाउन समाप्त भएपछि पनि राती १० बजेदेखि बिहान ४ बजे सम्म लोड अनलोड नगर्ने नगराउने पनि सहमति भएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

बैठकमा बाणिज्य संघका पूर्व अध्यक्ष प्रकास प्रसाई, तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठ, भगवान टोल विकासका अध्यक्ष अनिल भण्डारी, सचिव अन्जु लम्साल, उद्योग बाणिज्य संघको पुर्व कार्यसमिति सदस्य यसोदा भट्टराई, व्यवसायी सोमनाथ खनाल, प्रतिभा टोल विकास संस्थाका मनिस प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah