दमक। झापाको दमक नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेहरुमा ३ जना सशस्त्र प्रहरी बलका छन् भने दुइ जना नेपाल टेलिकमका कर्मचारी हुन् । अन्य दमक वडा नम्बर १, ३, ४, ५, ८ र १० का छन् । यसमा १ जना होम क्वारेन्टाइनमा बस्दै आएका हुन भने ७ जना दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै दमकमा अहिले सम्म संक्रमित हुनेको संख्या ५० पुगेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म १४ जनाले कोरोना जितिसकेका छन् ।



