
केबि महरा/ कैलाली
सवाल संवादमा यहाँलाई स्वागत छ, आजको सवाल संवाद कोरोना महामारी तथा उत्पन्न विषम परिस्थितिका बाबजुद अपनाउनुपर्ने संयमता, शान्तिसुरक्षा लगायतका बिषयमा आधारित रहेर कुराकानी गर्नेछौँ ! संक्षेपमा यहाँको परिचय : – नमस्कार, म प्रहरी निरीक्षक (ईन्स्पेक्टर) माधव बिश्वकर्मा ‘बि.स.२०७२ मा प्र.निरिक्षकमा भर्ना भई करिब २ बर्ष जि.प्रहरी कार्यालय धनगढि कैलालिमा रहि बि.स.२०७५ माघ १९ पछि यस् ई.प्र.का. फल्टुडेमा कार्यरत छु ।
प्रहरी कर्मचारी जनस्तरमा एकदमै निकट सम्बन्ध राख्ने सरकारी न्यायिक निकाय हो,पछिल्लो समय अभुतपुर्व कोरोना माहामारिका कारण त्रसित जनमानसको जिउधनको रक्षा तथा शान्तिसुरक्षा कायम राख्न मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरी स्वयं असुरक्षित महशुस गरिरहेको छ,अपराधिलाई नियन्त्रणमा लिँदाको अवस्थामा होस् या अन्य समय प्रहरी हरदम जनतासंङ्ग नजिक रहनुपर्ने हुन्छ,यस्तो बेला प्रहरी कर्मचारीले फ्रन्टलाईनमा रहि सेवा दिनुपर्ने बाध्यात्मक परिस्थितिका बिच संभावित जोखिमको सामना गर्दै यहाँहरुले कार्यसम्पादनलाई के- कसरी निरन्तरता दिनु भएको छ ?
:- कोरोना महामारी पछि उत्पन्न विषम परिस्थितिमा कार्य सम्पादनका लागि कुनै छुट्टै नीति भने बनाएका छैनौँ, कानुनी सेवा, ग्रामिण गस्ती लगायत अपराध नियन्त्रणमा यस अघि अबलम्बन नितिनियम हरुलाई नै निरन्तरता दिएका छौँ। सदरमुकाम अलिक टाढा रहेकोले मास्क पन्जाहरु समेत ल्याउन अलिक कठिन छ ,यस तर्फ स्थानिय सरकारले चासो दिन्छकी भन्ने अपेक्षा राखेका छौँ। यद्यपि कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारिको स्वास्थ्य संबेदनसिलतालाई समेत मध्यनजर गरि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै सेवाका बखत हरेक प्रहरी कर्मचारीहरुलाई अनिवार्य मास्कको प्रयोग, सेनिटाईजर उपलब्ध नहुँदाको अवस्थामा साबुनपानीले अनिवार्य हात धुने प्रबन्ध गरेका छौँ, तथापी अपराधी पक्रनुपर्ने हुन्छ,आरोपितको कोरोना परिक्षण पछि मात्रै पक्रीन्छौं भनि पर्खेर बस्ने अवस्था रहँदैन ,त्यस्तो बेला कार्वाही तत्काल अघि बढाउनुपर्ने र थप संभावित जोखिम हुन नदिन तथा दोषी जो- कोहिले उन्मुक्ती नपाओस् भन्नका लागि जतिसक्दो चाँडो आरोपीत पक्रनुपर्ने हुन्छ त्यस्तो अवस्थामा घटनास्थल खटाईने प्रहरी कर्मचारिहरु कोरोनाको त्रासका बिच आफ्नो जिम्मेवारी पूरा गर्न- गराउन कटिबद्द छन् । कम्तिमा पनि आरोपितको पिसिआर परिक्षण सम्भव नभए आरडिटी मात्रै भएपनी गराउन पाएको भए अलि सहज हुन्थ्यो कि भन्ने महशुस् गरेका छौँ। हाल त्यो संभव भएको छैन ।
मास्कको अनिवार्य प्रयोग गर्न – गराउन जोकोहिलाई सम्झाई बुझाई र अटेरि अवस्थामा जरिवाना समेत गराएका छौँ ,साथै सडक सवारिमा जोड बिजोड प्रणालिलाई अनिवार्य गराई कडाईका साथ नियम पालना गराउने गरेका छौँ ।
कार्यालयमा कार्यरत प्रहरी कर्मचारिका हकमा कोरोना सतर्कताका लागि के – कस्तो ब्यबस्थापन गराउनु भएको छ ?
:- आन्तरिक रुपमा सुरक्षात्मक दृष्टिकोणले हामी संङ्ग ठ्याक्कै सबै कुरा व्यबस्थित नभए पनि मेरो मातहत यस कार्यालयमा सेवारत जो- कोहि प्रहरी कर्मचारीहरु कम्तिमा कार्यालयको गेट सम्म मात्रै जाँदा गेटमा अनिवार्य साबुनपानीको व्यबस्था गरि हात धुनु पर्ने नीति बनाएका छौँ ,कार्यालय भित्रको हकमा सेवा सुबिधाका बिषयमा यस अघि जुन अवस्था र ब्यबस्था थियो त्यत्तीमै सिमित छौँ तथापी ब्यक्तिगत स्वास्थ सुरक्षामा सजक र सतर्क रहन सबै प्रहरी कर्मचारीहरुलाई आग्रह गरिएको छ ।साथै प्रहरी कार्यालयमा आउने जो- कोहि सेवाग्राहिलाई गेटमा साबुनपानीले हात धुन र अनिवार्य मास्क लगाउन समेत आग्रह गर्ने गरेका छौँ ।
कोरोना महामारी नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन/ निषेधाज्ञा लगायत विभिन्न नीति लिएको छ,यस अबधिमा परिवारका अधिकांश सदस्य घरभित्रै रहने र जसका कारण घरेलु हिंसाका घटनाहरुमा समेत बृद्दी भएको महसुस गरिएको छ, पछिल्लो अवस्थामा प्रहरिले हिंसा नियन्त्रण / न्यूनीकरणका लागि कुनै छुट्टै नीति बनाएको छ वा पुरानै अवस्थामा सेवा दिईरहनु भएको छ ? स्थानिय तह सङ्ग सहकार्य गर्ने बिषयलाई कसरी अघि बढाईएको छ ?
:- एक्दमै सान्दर्भिक बिषयको उठान गर्नुभयो ! लकडाउन पछिको अभुतपुर्व परिस्थितिमा घरेलु हिंसाका घटनाहरु बृद्दी भएको होकि भन्ने महशुस हामिले समेत गरेका छौँ, तर नर्मल अवस्थामा गरिने ड्युटी र कोरोना महामारी पछिको ड्युटी तालिकामा समेत ठूलो फेरबदल गर्नु परेको छ, सवारिको मुभमेन्टलाई नियमन गर्नसमेत कठिन भैरहेका बेला प्रहरिको नजर स्वभाविक रुपले राजमार्ग,सडक सवारी केन्द्रित रहने हुँदा गाउँघरका घटनाहरु तर्फ पहिलेकै अवस्थामा ध्यान पुग्न नसकेको होला तथापी नियमित ग्रामिण गस्तिलाई निरन्तरता दिने गरिरहेका छौँ । घरेलु हिंसाका हकमा अधिकांस घटना प्रहरी समक्ष आईपुग्दैनन् तथापी मोटोरसाईकलमा गरिने ग्रामिण गस्तिलाई हरसम्भव निरन्तरता दिईरहेका छौँ ।
स्थानिय सरकार सङ्गको सम्बन्ध राम्रो नै छ ,मेरो मातहतका प्रहरी कर्मचारी सम्मिलित विभिन्न समिती – उपसमिती गठन गरि म स्वयंको समेत उपस्थितिमा चुरे गाउँपलिका क्षेत्रभित्रका प्रत्येक बिधालयहरुमा पुगि कक्षा १ देखि १०+२ सम्मका बिद्यार्थी भाईबहिनिहरु संङ्ग प्रत्यक्ष कुराकानी गरि ई.प्र.का. फल्टुडे लगायत अत्यावश्यक अन्य आपतकालीन सम्पर्क नम्बर समेत दिएर आएका छौँ ! घरमा कुनैपनी किसिमका साना देखि लिएर ठुला अपराध हुन्छन् भने हामिलाई तुरुन्त सम्पर्क गर्नुस् भनेर आग्रह समेत गर्ने गरेका छौँ र कतिपय बालबालिकाले हामिलाई सम्पर्क गरि खबर सनेत गर्ने गरेका पनि छन्।
तथा स्थानिय सरकार सङ्गको समन्वय एवं सहकार्य गरि कोरोना माहामारी रोकथामका लागि चेतनामुलक कार्यक्रम समेत सन्चालन गरेका छौँ साथै हाल बर्षातको मौसम भएकाले बाढिपहिरो लगाएतका घटनाहरुमा समेत स्थानीय सरकार सङ्गको समन्वय मार्फत उद्दारमा जाने समेत गरेका छौँ ।
ई प्र का फल्टुडे (क) वर्गमा पर्नु अघि जुन अवस्थामा शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रणमा प्रहरी सकृय थियो सोही अवस्थामा
अहिले प्रहरी त्यति सकृय नरहेको र अपराधिक घटनामा समेत उल्लेख्य वृद्धि भएको भन्ने जनगुनासो सुन्न पाईन्छ नि ! यसलाई कसरी लिनु भएको छ ?
:- पछिल्लो समय समाजको बिकास जुन अनुपातमा बृद्दिबिकाश भैरहेको छ सोही अनुपातमा समयानुकूल सामाजिक घटनाहरुमा समेत भिन्नता देखिनु स्वभाविक जस्तै हो तथापी प्रहरीले आफ्नो काम गर्नै छोडेको चाहिँ होइन ।
पहिलाको समय प्रहरिको टोपि मात्रै देखेपनी डराउने समाज अहिले आएर दस जना प्रहरी देख्दा समेत डराउने अवस्था छैन,हाम्रो तात्पर्य प्रहरी देख्नेबित्तिकै जोकोही डराईहाल्नु पर्छ भन्ने पक्कै होइन तथापि सामाजिक परिवर्तनको स्तरलाई औँल्याउन खोजिएको हो ।
प्रहरी जनशक्ति बृद्दी गर्ने बित्तिकै समाजमा अपराध घट्ने भन्ने हुँदैन ,जस्तोकी केन्द्रिय राजधानी काठमाडौ भित्र करिब ३० हजार बढी प्रहरी कर्मचारी कार्यरत छन् तथापी मुलुक भित्रकै अपराधिक घटनाको अनुपात हेर्नेहो भने काठमाडौ मै सबैभन्दा बढी आपराधिक घटना घटिरहेका हुन्छन्। फोर्स बढाएर मात्रै अपराध नियन्त्रण संभव हुँदैन तर सामाजिक संरचना , समाजमा के- कस्ता ब्याक्तित्व रहन्छन् भन्ने जस्ता कुराहरुले ठूलो प्रभाव पार्छ । जस्तोकि कसैले गाँजा( चरेस) बोकेर आउँछ भने पुलिसलाइ किन खबर गर्नु,झन्जट किन मोल्नु भन्ने जस्ता मनसायकै कारण आपराधिक घटना अँझ बृद्दी हुँदै जान्छन् ।त्यसैले समाजको सहयोग बिना हामि प्रहरी एक्लैले अपराध नियन्त्रण संभव छैन ,हामिले बारम्बार भन्ने पनि गरेका छौँ कि हरेक नागरिक बर्दी रहित प्रहरी हुन् । अपराध नियन्त्रण गर्न प्रहरी सक्षम छ तर निर्मुल असम्भव प्राय देखिन्छ ।जसका बिबिध कारणहरु छन् । त्यसैले समाजकै लागि प्रहरी बसिरहेका हुन्छन् र समाजको सहयोगले मात्रै अपराध न्यूनीकरण सम्भव छ ।
ईलाका प्रहरी कार्यालय फल्टुडे मातहत कतिओटा प्रहरी पोस्टहरु छन् ? कोरोना पछिको समयमा ड्युटी प्रकृया कसरी अघि बढाउनु भएको छ ?
:- हाम्रो मातहत झण्डै(३) तिन स्थानमा स्थायि ड्युटी नै हुन्छ, १.घरखेडा पोस्ट चोकमा,२.खानिडाँडा र ३. फल्टुडेमा गरि थाई ड्युटि २४ घण्टा नै हुन्छ, हामिले कोरोना सम्बन्धी आवस्यक सतर्कताका साथ नियमित ड्युटी गर्दै आईरहेका छौँ ।
ई.प्र.का.फल्टुडेमा कतिजना प्रहरी कर्मचारी कार्यरत हुनुहुन्छ ?
:- हाम्रो दरबन्दी २९ जनाको हो, घरखेडा १५ जनाको दरबन्दी हो भने खानिडाँडा अस्थायी प्रहरी पोस्ट भएकाले त्यसको कुनै दरबन्दी नहुने हुँदा त्यहाँ अन्य स्थानहरुबाट थपघट गरि आपुर्ती गर्नुपर्ने हुन्छ।हाल अस्थायी प्रहरी चौकी खानिडांडामा ७ जना,घरखेडामा ८ र यस ईप्रका फल्टुडेमा चाहिँ २६ जना प्रहरी कर्मचारी कार्यरत हुनुहुन्छ । हालको प्रहरी संख्या हाम्रो माग भन्दा एक्दमै थोरै संख्यामा मात्रै हो ,त्यस मध्येमा पनि कार्यालय सहयोगी/ भान्सा लगायत विभिन्न ठाउँमा आपुर्ती गर्नुपर्ने हुंदा ड्युटिमा करिब १५-१८ जना प्रहरी कर्मचारी मात्रै पुर्याउन सकेका छौँ ।जुन हाम्रो माग भन्दा अत्यन्त न्यून संख्या हो ।