तनहुँ/ तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ ।
गायक नवराज थापाको स्वर र संगीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार रुपमा भूमिका निर्वाह गरेका छन भने बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतको समेत अभिनय रहेको छ। सुदीप पौडेलको यो पाँचौ म्युजिक भिडियो हो भने मोडलिंङमा सक्रिय पुजा केशीले बिरानो देशबाट म्युजिक भिडियोमा प्रवेश गरेकी हुन ।

गीतले बैदेशिक रोजगारीमा जानेको कथाबस्तुलाई समेटेको गीतकार नहर्कीले बताए । ‘बिरानो देश नेपाली गाउँघरको सामाजिक कथाबस्तु हो,’ उनले भने, ‘गीतले बिदेशको दुखलाई औलाउँदै स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको समेत बिकास गर्छ ।’ अमित गुरुङको संगीत संयोजन रहेको गीतको सम्पादन सिजन बज्राचार्यले गरेका हुन । प्रभा नहर्कीको प्रस्तुती रहेको गीतको भिडियो छायांकन रमेश पौडेल, ड्रोन महेश वाग्ले र भिडियो सम्पादन सुबास अम्गाईले गरेका छन ।

गीतको शब्द अनुसार भिडियोलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक समुन्द्र पौडेलले बताए । ‘बिदेशमा रोजगारीमा जाने क्रममा धेरैले ज्यान गुमाउनु परेको अबस्था छ,’ उनले भने, ‘बिदेशमा गएका युवा र उनको परिवार बिचको भावनालाई भिडियोमा उतार्न कोसिस गरेका छौ । भिडियोलाई तनहुँका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah