काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय