९ जेठ । स्थानीय निर्वाचनको मतगणना भैरहँदा ललितपुर महानगरपालिकामा काँग्रेसका चिरिबाबु महर्जनले हार्ने निश्चित भएपछि मतगणना कार्यमै धाँदलीको प्रयास भएको छ ।
काँग्रेसले आफ्नो विचारधारासँग निकट रहेका कर्मचारीलाई मतगणनामा धाँदली गर्न लगाएको खुलेको हो । ललितपपुर महानगरपालिकाको मत गणनामा संलग्न एक कर्मचारीले नेपाली काँग्रेसकै निर्देशनमा पार्टीलाई प्रत्यक्ष सहयोग गरेको फेला परेपछि मुख्य निर्वाचन अधिकारीले ती कर्मचारीलाई मतगणनाको जिम्मेवारीबाटै हटाएका छन् ।
सुरेश थापा नाम गरेका नासुले मतगणनामा संलग्न भएर मत अलमल्याउने र काँग्रेसको बढाउने गरेका थिए । गणनामा बसेका प्रतिनिधिलाई शंका लागेर चेक गर्दा मत बढाउने र नेपाली काँग्रेसलाई बाहिर निस्केर आफूले पाएको जिम्मेवारी पूरा गर्दै आएको भन्दै रिपोर्टिङ गरिरहँदा उनलाई रंगेहात पक्राउ गरिएको हो । त्यस्तो धाँदली गर्दा पनि काँग्रेसले झिनो मतले अग्रता लिएको छ ।



