दमक। झापाको दमक नगरपालिकाका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको १६ जनाको रिपोर्टमा सबैको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार ७ जना विद्युत प्राधिकरणका छन भने १ जना दमक फार्मेसीका छन् ।
त्यस्तै अन्य ८ जना पाथीभरा होटल क्वारेन्टाइनमा बस्दै आएका रहेको भट्राईले जानकारी दिनुभयो । आजको रिपोर्टले दमकमा समुदायमा कोरोना फैलिसकेको देखिएको छ । यसले दमकमा थप कडाइ नगर्ने हो भने स्थिति भयावह बन्ने देखिएको छ । आजको पोजेटिभसँगै दमकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । यद्यपि १४ जनाले कोरोना जितिसकेका छन् ।



