दमक। झापाको दमक नगरपालिकाले गत साउन ३२ गतेदेखि जारी गरेको लकडाउन थप एक हप्ता जारी राख्ने भएको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि शुरु गरेको लकडाउन आज मध्यरातदेखि सकिंदै थियो ।
आज नै थप १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा समुदायका ८ जनामा पनि कोरोना देखिएपछि नगरपालिकाले लकडाउनको अवधि बढाएको हो । यस सम्बन्धि सूचना प्रकाशनको तयारी भइरहेको नगरपालिकाको उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।



