दमक। विराटनगरबाट झापाको दमक आएका ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । दमकमा क्वारेन्टाइनमा बसेकामध्ये ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज आएको रिपोर्टमा पाथीभरा होटल क्वारेन्टाइनमा बसेका १० जना प्रहरीमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु रानी तालिमकेन्द्र विराटनगरबाट दमकको इलाका प्रहरी कार्यालयका लागि आएका थिए । उनीहरु विराटनगरबाट आएकै दिनदेखि पाथीभरा होटल क्वारेन्टाइनमा बस्दै आएको श्रोतले बतायो । श्रोतका अनुसार संक्रमण पुष्टि हुनेहरुमा एक जना २१ वर्षीय, दुई जना २२ वर्षीय, चार जना २३ वर्षीय र एक जना २४ वर्षीय पुरुष छन् । यी ८ प्रहरीसहित आज आएको २९ जनाको रिपोर्टमा १६ जनामा कोरोना पुष्टि भएको थियो ।

आज संक्रमण पुष्टि भएका १६ जनासहित दमकबाट पीसीआर परीक्षणका लागि पठाइएकामध्ये ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि १९ जनाले कोरोना जितिसकेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah