दमक। झापाको गौरादह नगरपालिकाबाट स्वाब पठाएको १३ दिन पछि पीसीआर परीक्षणको रिपोर्ट आएको छ । १३ दिन अघि गौरादहबाट एक सय १२ जनाको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको तर १३ दिन पछि आज पीसीआर परीक्षणको रिपोर्ट आएको भन्दै स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले गुनासो गर्नु भएको छ ।

आज आएको रिपोर्टमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एक जना भारत आसाम घर भइ केहि दिन अघि गौरादह ९ मा आफन्तकोमा आएका २१ वर्षीय पुरुष भएको सहसंयोजक श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार अर्का एक पुरुष विद्युत प्राधिकरण गौरादहमा सरुवा भएर आएका २६ वर्षीय पुरुष हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज संक्रमण पुष्टि भएका २ जनासहित गौरादहमा कोरोना संक्रमित हुनेको संख्या १९ पुगेको छ । यद्यपि १७ जनाले कोरोना जितिसकेको सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई जुरोपानी स्वास्थ्य चौकीको आइसोलेसनमा राखिने सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।