विर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकाको वडा नम्बर १, ५, ६ र ७ नम्बर वडाका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा एक महिला र ४ पुरुष छन् ।
जसमा महिलासहित ४ जना भारतबाट आएका हुन भने एक जना कतारबाट आएका हुन् । संक्रमित महिला ४५ वर्षीया हुन भने अरु २४, २८, ४१ र ४२ वर्षीय पुरुष हुन् ।



