
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफलले सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आउँदो शनिवार बिहान ११ बजे सचिवालय बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।
नेकपाभित्र देखिएको विवाद समाधानका निम्ति गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनउपर दुई अध्यक्षबीच आज छलफल भएको थियो ।
छलफलमा भाग लिन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूबीच करीब २ घण्टा छलफल भएको हो । थापाले शनिवार बस्ने सचिवालय बैठकको एजेण्डा त्यही प्रतिवेदन रहेको बताए ।