दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरीगञ्जबाट पठाइएका २२ जनामध्ये आज आएको एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।

संगै पठाइएका अन्य २१ जनाको भने रिपोर्ट आएको छैन् । आज संक्रमण पुष्टि हुने गौरीगञ्ज गापा वडा नम्बर १ का ५० वर्षीय पुरुष भएको पनि मिश्रले सवाल नेपाललाई जानकारी दिनुभयो । योसँगै गौरीगञ्जमा अहिले सम्म कोरोना संक्रमितको संख्या २७ पुगेको छ । यद्यपि २५ जनाले कोरोना जितिसकेको पनि मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय