पहिलो चरणको स्थानीय निर्वाचन नतिजा एमालेको पक्षमा देखिएका बेला सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला सुदूरपश्चिमको डंडेलधुरामा कांग्रेसका नगर सभापति नै एमाले प्रवेश गरे । पहिलो चरणको स्थानीय चुनावको मतगणना अन्तिम अवस्थामा पुगिरहेका बेला दोस्रो चरणको चुनावी सरगर्मीले डंडेलधुरालाई तताएको छ ।

कांग्रेस सभापति देउवाले ०४८ साल यताका सबै निर्वाचन जितेको डंडेलधुरामा देउवाका अत्यन्तै विश्वासपात्रका रुपमा चिनिएका पर्शुराम नगरपालिकामा कांग्रेसका नगर सभापति तारिसिंह बोहोरा एमाले प्रवेश गरेपछि पनि जिल्लाको राजनीतिक माहौल तात्न पुगेको हो । देउवालाई आफूले निकै लामो समयदेखि राजनीतिक रुपमा सहयोग गर्दै आएको तर, कांग्रेस देउवाको नेतृत्वमा गएपछि नीतिहीन भएर अतिवादी र देशद्रोही शक्तिमा रुपान्तरित भएको वताउँदै बोहोरा एमाले प्रवेश गरे । ‘शेरबहादुर दाइलाई ब्यक्तिगत रुपमा सहयोग त गरेकै थिएँ, त्यसमाथि नेपाली कांग्रेसलाई बलियो बनाउन हामीले निकै ठूलो मेहेनत गरेका थियौं’ बोहोराले भने, ‘तर, उहाँको नेतृत्वमा कांग्रेस अर्कै बाटो हिंड्यो, यसपटक देखि अव सकिंदैन भनेर कांग्रेसको ठूलो समुह त्यहाँबाट अलग भयौं ।’ बोहोरा परशुराम नगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेदवार बन्ने सम्भावना छ ।

कांग्रेस नगर सभापति बोहोराको एमाले प्रवेशसँगै जिल्लाको राजनीतिक सन्तुलनमा केही फेरबदल आउन सक्ने कांग्रेस कार्यकर्ताहरुले नै वताउन थालेका छन् । राष्ट्रिय राजनीतिमा कांग्रेसको गलत भूमिकाका कारण लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र आर्थिक विकासको पक्षमा रहेका नागरिकहरु एमालेतिर आकर्षित हुन थालेको उनीहरुले वताएका छन् । त्यसमा एमालेले पहिलो चरणमा प्राप्त गरेको विजयले पनि सघाएको एमालेका स्थानीय नेताहरुको विश्वास छ । ‘कांग्रेस आफ्नो भूमिकाबाट चुकेर गलत बाटोमा हिंड्दा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र विकास चाहने मतदाता स्वत एमालेको भूमिकाप्रति आकर्षित हुनु स्वाभाविक हो’ एमाले डंडेलधुराका प्रचार विभाग प्रमुख केशव बोहोराले भने, ‘एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको सोझो असर यसपटकको स्थानीय तहको निर्वाचनमा डंडेलधुरामा पनि पर्ने निश्चित छ ।’

डंडेलधुरामा एउटा नगरपालिका र तीनवटा गाउँपालिकासम्ममा एमालेले जित्ने आकलन गरिएको छ । जिल्लामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह छन् । कांग्रेस भने आफ्नो वर्चश्व जोगाउन माओवादीसँग तालमेल गर्ने कि एक्लै लड्ने भन्ने निक्र्याैलमा पुग्न सकेको छैन । एमालेले उम्मेदवारहरु तोकेर प्रचारप्रसार सुरु गरिसकेको छ । ‘तालमेलले राम्रो नतिजा दिन्छ भन्ने स्थापित भएन’ कांग्रेस डंडेलधुराका सचिव लक्ष्मीराज अवस्थीले भने, ‘बरु एक्ला एक्लै चुनाव लडे कांग्रेसलाई भोट दिंदै आएका मतदाता भड्किंदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah