
दमक। झापाको गौरीगञ्ज गाउँपालिकामा समुदायका एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि उनको छोरामा संक्रमण पुष्टि भएको र अहिले आमामा पनि संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सवाल नेपाललाइ जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगञ्जबाट पठाइएका ७४ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा ती एक महिलामा मात्र संक्रमण देखिएको पनि बताउनु भयो ।
संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ की ५५ बर्षीया महिला हुन् । गौरीगञ्जबाट पठाइएका ७४ जनाको स्वाबमध्ये हिजो ७२ जनाको नेगेटिभ रिपोर्ट आएको थियो भने आज आएको २ जनाको रिपोर्टमा एक जनामा पोजेटिभ देखिएको पनि मिश्रले जानकारी दिनुभयो ।