दमक। झापाको दमक नगरपालिकाबाट अहिले सम्म २ हजार २४ जनाको स्वाबको पीसीआर परीक्षण गरारिएको छ । जसमा १ हजार ४ सय ५५ पुरुष र ५ सय ६९ जना महिलाको स्वाबको पीसीआर परीक्षण गरिएको हो ।
कोरोना भाइरस संक्रमण भए नभएको परीक्षका लागि गरीएको पीसीआर परीक्षणमा अहिले सम्म ८१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसमध्ये ४१ जनाले कोरोना जितिसकेका छन भने ४० जना विभिन्न आइसोलेसनमा कोरोनासँग लडिरहेका छन् ।
अहिलेसम्म आइसोलेसनमा रहेका विरामीहरुमा दाहाल प्रतिष्ठान क्वारेन्टाइको आइसोलेसनमा ८ जना, होम आइसोलेसनमा १५ जना, पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँको क्वारेन्टाइनमा ५ जना, एशियाटिक होटलको आइसोलेसनमा ६ जना, मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा ४ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा २ जना छन् ।



