तपाईले अहिले किन छाड्पर्यो ?
‘म प्रधानमन्त्री हुँदा तपाईलाई के अप्ठ्यारो ?
मंगलबार संसद भवनमा तीनदलका प्रमुख तीन नेताबीच जब जम्काभेट भयो लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे, तर तत्काल जवाफ चै कांग्रेस सभापति शेरबहादुर देउवाले दिए ।
ओलीले उत्तर प्रचण्डबाट खोजेका थिए तर देउवा आक्रोसित हुँदै जवाफ दिएपपछ िओली मुस्कुराए मात्रै । नेपाली कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री छाड्ने र नयाँ सरकार बन्ने प्रसंगमा केहीबेर भनाभन भएको थियो । देउवा रिषको मुडमा देखिन्थ्ये भने ओली हँसिलो भावमा ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला एमाले ओली पुगेका थिए । लगत्तै ओलीले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्यो भनेर सोधेका थिए । त्यसको जवाफ देउवाले दिए । देउवाको प्रश्नमा ओलीले यति मात्रै जवाफ दिए आबश्यक छैन ।



