दमक। कोरोना भाइरसका कारण धरानमा मृत्यु भएका झापाको कमल गाउँपालिकाका एक बृद्धको सब कमल ल्याइदै छ । मृतकको सव ल्याउन एम्बुलेन्स पठाइसकिएको गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले सवाल नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकको सब बोकेर आएको एम्बुलेन्स झापा प्रबेश गर्ने वित्तिकै चारआली स्थित नेपाली सेनाको एक टोलीले स्कटिंग गर्नेछ । सो एम्बुलेन्सबाट कमल ३ केर्खा लाने प्रमुख काफ्लेले बताउनु भयो ।
उहाँले भन्नु भयो, सब राख्नको लागि जेसिबीले खाल्डो तयार गर्न स्थान हेर्न भनिसकिएको छ । सो क्रममा सेनाले सलामी समेत दिने प्रमुख काफ्लेले बताउनु भयो । गत साउन ३२ गते उनको स्वाब परीक्षण भएर भदौ ३ गते रिर्पोट पोजेटिभ आएको थियो ।
उनलाइ शुरुमा उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याइएको थियो । त्यसपछि उनलाई बीएण्डसी अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा गरीएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



