दमक। झापाको दमक नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका २०० जनामध्ये १७६ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आएको छ ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बाँकी रिपोर्ट आजै आउन सक्ने उहाँले बताउनु भयो । अहिले सम्म दमकका ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४१ जनाले कोरोना जितिसकेका छन् ।