
हल्दीबारी। झापाको हल्दीबारी गाउँपालिका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा हल्दीबारी ५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पुष्प निरौलाले जानकारी दिनुभयो ।
वहाँका अनुसार ती पुरुष भारतबाट यही भदौ २ गते आएर हल्दीबारी स्वास्थ्य चौकी क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी ४० वर्षीय पुरुष हुन् । योसँगै हल्दीबारीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ पुगेको छ । यद्यपि यसअघिका १२ संक्रमितले कोरोना जितेर घर गइसकेको पनि निरौलाले जानकारी दिनुभयो ।