बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक सहित जिल्लाका अधिकाँश शहरहरुलाइ तामझाम र प्रचारका साथ प्लाष्टिकमुक्त बनाईएकोमा त्यो अहिले कागजमामात्र सिमिति हुन पुगेको छ । ५ बर्षअघि दमकमा रहेका ३ सयभन्दा बढि संघसंस्था सहित दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले संयुक्त रुपमा दमकलाइ प्लाष्टिकमुक्त बनाएको घोषणा गरेपनि त्यो केहि समय बाहेक धेरै समय टिक्न नपाएको पाईएको छ ।

दमकलाइ प्लाष्टिकमुक्त घोषणा गरिदा करिब ५ हजारको र्याली निस्केको र प्रत्येक पसलहरुले प्लाष्टिकको झोला प्रयोग नगर्ने प्रतिबद्धता सहित त्यस्ता झोलाहरु फिर्ता गरेको त्यो समय प्लाष्टिकमुक्त अभियानका संयोजक प्रविण चाम्लिङले बताउनु भयो । दमकलाइ नमूना बनाउन र प्लाष्टिकजन्य फोहोरलाइ पूर्ण रुपमा बिस्थापित गर्नका लागि अभियान चलाईएकोमा त्यसले निरन्तरता नपाउदा अहिले बजारमा छ्याप्छ्याप्ति प्लाष्टिकको झोलाको प्रयोग बढेको उहाँ बताउनु हुन्छ ।

दमकमा उत्पादन हुने फोहोरहरुमध्ये १०देखि १५ प्रतिशत फोहोर प्लाष्टिकजन्य र नसड्ने खालको रहेको नगरपालिकाको भनाइ रहेको छ । दमक उद्योग बाणिज्य संघको पहलमा नै दमकलाइ प्लाष्टिकमुक्त बनाईएकाले यसलाई अब फेरी ध्यान दिइने दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल बताउनुहुन्छ । ब्यवसायिहरुलाइ बारम्बार सचेत गरार्ईएको बताउदै वातवरण प्रदुषणका लागि ब्यवसािय पनि सचेत बन्नु पर्ने उहाँको भनाइ रहेको छ । नगरपालिकासंग समन्वय गरेरप्लाष्टिकमुक्त दमकको कार्यन्वयनका लागि अनुमगन गरिने ढकालको भनाइ रहेको छ ।

दमकलाइ प्लाष्टिकमुक्त बनाइएपछि दमकका मेची सहकारी संस्था, कञ्चनजङ्घा सहकारी संस्था लगायतले प्लाष्टिकका झोलाहरु प्रयोग नगर्न सदस्यहरुलाइ आग्रह गर्दै प्लाष्टिकमुक्त सहकारी तथा सहकारी सदस्य भनेर घोषणा गरेका थिए । उनिहरुले प्लाष्टिकको बिकल्पमा प्रयोग गरिने झोलाहरु समेत बितरण शुरु गरेको पाइन्थ्यो । मेची सहकारी संस्थाका ब्यवस्थापक खोमप्रसाख बगालेका अनुसार आफूहरुले प्लाष्टिकमुक्त दमक बनाउनका लागि सहकारी सचेतना कार्यक्रमदेखि झोला बितरणसम्मका योजना पनि ल्याएको थियो ।

दमकलाइ प्लाष्टिकमुक्त बनाईएपछि झापाका अन्य नगरपालिका तथा प्रमुख यहाँका बजारहरुलाइ पनि प्लाष्टिकमुक्त घोषणा गरिएको थियो । बिर्तामोड, सुरुगा लगायतका ब्यापारिक केन्द्रहरुलाइ पनि कागजि रुपमा प्लाष्टिकमुक्त भनिएपनि नियमित अनुमगन नहुदा अहिले यहाँ पनि प्लाष्टिकका झोलाहरु प्रयोग भइरहेको पाइन्छ । प्रमुख बजारहरुलाइ प्लाष्टिकमुक्त बनाएपछि प्लाष्टिक उत्पादकहरुले बिरोध जनाउदै पनि आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah