काठमाडौं- नेपालमा कोभिड-१९ को उपचारमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने क्रम बढेको छ।

कोरोना संक्रमण भई निको भएका व्यक्तिले दान गरेको प्लाज्माबाट कोभिड-१९ का गम्भीर बिरामीलाई उपचार गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसम्म २० जना बढीको प्लाज्मा थेरापी विधिबाट उपचार भई निको भएको भएको स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार हालसम्म २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, अन्य २ र धरानमा एक जना गरी हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्।

स्वास्थ्य विज्ञहरुले प्लाज्मा विधि उपचार सफल भइरहेकोले प्लाज्मा बैंक बनाउन स्वास्थ्यमन्त्रीलाई सुझाव दिएका छन्।