वि.सं.२०७७ भदौ- १४,आइतवार, ई.सं.२०२० अगष्ट-३०, शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-द्वादशी , ०८:५४ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-उत्तराषाढा , १५:२१ बजे उप्रान्त श्रवण,योग-सौभाग्य , १६:२४ बजे उप्रान्त शोभन,करण-वालव ०८:५४ बजेदेखि कौलव , २०:४३ बजे उप्रान्त वणिज,चन्द्रराशि-मकर,आनन्दादि योग-अमृत, सूर्योदय-५:४२, सूर्यास्त-१८:२५,दिनमान-३१ घडी ४७ पला,व्रत/पर्व-प्रदोष व्रत, इन्द्रध्वजोत्थान, मतछोयके, त्रिपुष्कर योग ८:५४ बजेसम्म।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – किनमेल गर्दा सजग रहनु होला,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– काम गर्दा अपमानित हुनुपर्ला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– तातो रिस गर्नाले काम बिग्रिनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आफन्तको विश्वास पर्दा धोका हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ३ रहेको छ ।



