
विष्णुप्रसाद पोखरेल/दमक/ झापाको दमकमा आंशिक रुपमा लकडाउन खुला बनाउदै बैक तथा बित्तिय संस्थाहरु आलोपालो सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार क बर्गका बाणिज्य बैकहरु आइतवार, मंगलवार र विहिबार खुला रहनेछन् ।
यसैगरी ख बर्गका विकास बैकहरु सोमबार, बुधबार र शुक्रबार खुला राख्न भनिएको छ । ग बर्गका फाइनान्सहरु दूईदिन मात्र खुला रहनेछन् । यसका लािग सोमबार र विहिवार समय तोकिएको छ । घ बर्गका लघुबित्त पनि दूइदिन खुला हुन पाउनेछन् । आइतवार र मंगलवार तोकिएको छ ।
यता सहकारीहरुलाई भने ३ दिन समय दिईएको छ । आइतवार, सोमबार र विहिबार सहकारीहरु खुला रहनेछन् । नगरपालिकाले बित्तिय संस्थाहरुको हकमा आइतवार सार्वजनिक सूचना जारी गरेर यसै अनुसार सेवा प्रवाह गर्नका लागि अनुरोध गरेको छ ।
दूइसाता लामो बन्दाबन्दापछि आजबाट विहान ७ देखि १२ बजेसम्म बजार खुला रहन थालेको छ । १२ बजेसम्म ब्यापार गरेर ब्यापारीहरुले कम्तिमा १ घण्टाभित्र बैक तथा सहकारीहरुमा पहुँच पुर्याउन सकुन भनेर यस्तो निर्णय भएको पनि बताईन्छ । दमकमा कोरोना संक्रमण समुदायमा देखिएपछि यस्तो गरिएको हो ।
प्रभावकारी न्यूज बाट साभार