बिष्णुप्रसाद पोखरेल
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारको निरन्तरताको पक्षमा उभिएकाछन् । यसले गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा चिढिएकाछन् । सत्तारोहणको लागि खुट्टा उचालेका देउवाको तगारोमा झट्टा ओली देखिएकाछन् तर यस पछाडि धेरैको हात छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
प्रचण्डको सरकारले निर्वाचन गराउछ भन्ने ओलीलाइ नै बिश्वास थिएन । बारम्बार ओलीका टिप्पणीहरु र उम्मेदवार मनोनयन अघिसम्म दिएका अभिब्यक्तिहरुले प्रचण्डको आलोचना खपिनसक्नु कै रहेका थिए । एकाएक देउवाभन्दा बढि प्रचण्डलाइ ओलीले किन साथ लिन खोज्दैछन् धेरैलाइ कौतुहलताको बिषयमात्र बनाएको छैन काँग्रेस सभापति देउवाको मन डर समेत पसिसकेको छ ।
एमाले स्थानीयतह निर्वाचनमा पहिलो शक्तिको रुपमा उदाएको छ । अझ शहरी क्षेत्रमा त राम्रो पकड नै बनाएको छ । यहि अवस्थामा चुनावहोस भन्ने चाहान्छ अर्थात निर्धारीत समयमा निर्वाचनको पक्षमा देखिएको छ । काँग्रेस र माओबादीले पनि यसमा प्रतिबद्धता जनाएकाछन् तर पछिल्ला गतिबिधिहरुले दोश्रो चरणको निर्वाचन नहोला की भन्ने चिसो एमालेमा पसेको हुनसक्छ । यसर्थ सरकार नफेरी निर्वाचन गराउनका लागि एमालेले अडान लिएको यस पार्टीका जिम्मेवारी नेताहरुको भनाइ सार्वजनिक भइरहेको छ ।
अर्कातिर काँग्रेसभित्रको ठूलो समुह तत्काल देउवालाइ सत्ता प्रचण्डले नसुम्पियोस भन्ने चाहाना बोक्दछ । काँग्रेस महामन्त्रीले त एक अनलाइनल खुलेर नै निर्वाचन अघि सरकार परिवर्तन आचारसंहिता तथा मूल्य र मान्यता बिपरित हुन भएकाले यो गल्ति नगर्न सुझाव नै दिएकाछन् । प्रचण्डप्रति चुनाव गराउने बिश्वास रहेको मान्न सकिन्छ ।
आफ्नो पार्टी हारेर भएपनि प्रचण्डले आफूले जितेको बताउदै हाँसिहासि परिणाम स्वीकार गरे यसले उनीप्रति बिश्वास जगाएको छ । नेतामा हुनु पर्ने गुण उनले देखाए । अब साच्चि नै निर्वाचनले ओली र प्रचण्डबीचको दुरी घटाएकै हो त ? ओली र प्रचण्डको दोस्ति फेरी बढ्न लागेको हो त ? देउवा रिङ आउट हुन लागेका हुन् त ? यि प्रश्नहरु नेपाली राजनीतिमा तेर्सिएकाछन् । प्रचण्डको राजिनामा नआएसम्म र नयाँ सरकार नबनेसम्म यि प्रश्नका जवाफहरु आउनेछैनन् । अझै दूइ निर्वाचन बाँकी नै रहेको छ । ओलीले माघ १९ र असोज १८ देउवाले नै निम्त्याएको भन्दै ओली शंशकितछन् ।



