दमक। झापाको शिवसताक्षी नगरपालिकाबाट आज ३४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्वाब पठाइएकामा एक जना कोरोना पोजेटिभ भइ शिवसताक्षमै आइसोलेसनमा बस्ने पनि छन् ।
त्यसबाहेक १९ पुरुष र १४ महिलाको स्वाब पठाइएको शिवसताक्षीका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार स्वाब पठाइएकामा क्वारेन्टाइनमा १० पुरुष र ९ महिला छन भने होम क्वारेन्टाइनका एक पुरुष र एक महिला छन् ।
त्यस्तै थुनुवा एक पुरुष, एम्बुलेन्स चालक एक पुरुष, वडा कार्यालयका २ पुरुष कर्मचारी र समुदायका ४ महिला र ४ पुरुष छन् । अहिले सम्म शिवसताक्षीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ जनाले कोरोना जितिसकेका छन् ।



