काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवाले सत्ता छाड्न दबाव दिएपछि प्रधानमन्त्री पुष्ष कमल दाहाल ‘प्रचण्ड’ आत्तिएको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न हतार भएको बताउँदै आफु प्रधानमन्त्री बन्न प्रचण्डलाई राजिनाम दिन दबाव दिएको आरोप लगाए । देउवालाई सत्ताभोगीको आरोप लगाउँदै उनी प्रधानमन्त्री भए दोस्रो चरणको स्थानीय चुनाव र त्यसपछि प्रदेश तथा केन्द्रीय संसदको चुनाव हुनेमा आशंका पनि व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहँदा दोस्रो चरणाको स्थानीय चुनाव प्रभावित पर्ने सक्ने बताउँदैँ ओलीले असहमति जनाए ।

उनी देउवा माथि खनिएका थिए । ‘ नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला उहाँ बेलायतको गल्लीमा बरालिरहनु भएको थियो,  बहुदल आएपछि गृहमन्त्री हुनुभयो।’ देउवालार्इ लोकतन्त्रको हेक्का नभएको बताउँदै भने, ‘शान्तिपूर्ण आन्दोलनमा १२२ जना विरूद्ध गोली चलाउनु भयो ।’

त्यस्तै उनले अझ असोज १८ गते र  माघ १९ उनकै कारणले भएको आरोप लगाए । प्रधानमन्त्री बन्नकै लागि कांग्रेस फुटाएको बताए । नयाँ पेज बाट सभार