काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण देखिएको छ ।

छोरालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका हुन् ।

मन्त्रालयका अनुसार मन्त्री ढकाल आइतबारबाट होम क्वारेन्टिनमा बसेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ । आइतबार मात्रै देशभर ९८० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।