दमक, २१ भदौं–जिल्लामा आज ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेहरुमा मेचीनगरका ४ पुरुष, १ महिला गरि ५ जना, बिर्तामोडका १३ महिला, २ पुरुष गरि १५ जना, कन्काईका १ जना पुरुष रहेका छन् । जसमा मेचीनगरका २ जना सुरक्षकर्मी, ३ जना भारतबाट आएका, बिर्तामोडका १२ जना स्वस्थ्यकर्मी, ३ जना स्थानीय , कमल र कन्काईका १२ जना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । आज थपिएका संक्रमितहरु ९ देखि ७७ वर्ष सम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७०८ पुगेको छ भने हिजोसम्म ४८१ जना डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए ।



