बिष्णुप्रसाद पोखरेल
झापाको दमक नगरपालिकामा स्थानीय तहको निर्वाचनको माहोल अब तात्ने निश्चित भएको छ । नेकपा एमालेले समेत उम्मेदवार निश्चित गरिसकेकाले अब प्रमुख राजनीतिक दलहरुबीच चुनावी प्रचारले तिब्रता पाउनेछ । दमक नगरका पूर्व मेयर समेत रहेका रोमनाथ ओलीको नाम सार्वजनिक भएसंगै दमकमा एक प्रकारको तरंग आएको छ । अब चार जना उम्मेदवार नै मैदानमा देखिएकाछन् । दमक एमालेको बर्चश्व भएको क्षेत्रमात्र नभएर नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भएको क्षेत्र पनि हो ।
एमालेका उम्मेदवार ओली दमकमा चितपरिचित नाम हो । सामाजिक र राजनीतिक क्षेत्रमा नेतृत्व सम्हाल्दै आएका थिए । दमकमा उ बेला मेयर निर्वाचित भएका उनि यो पटक त्यो इतिहास फेरी दोर्याउने दाउमा रहेकाछन् । छलकपट नजान्ने र सादकी जिबनको पर्यायको रुपमा ओलीले चिनिन्छ । यसर्थ पनि एमालेले सर्वसम्मत रुपमा उनको नाम अघि ल्याएको बताइने गरेको छ ।
सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस एमालेको गढ भत्काउन सकिएलाकी भन्ने ध्याउन्नेमा रहेको छ । एमालेको झण्डा नभएर नगरपालिकामा काँग्रेसको झण्डा गाड्ने शुरमा छ । युवा उम्मेद्वार उठाएकाले आफ्नो पार्टीको पल्लाभारी हुने उसको बिश्वास रहेको छ । भण्डारी युवामाझ लोकप्रीय रहेका र युवाको मतले जित्ने दाबी काँग्रेस बताउछन् । भण्डारीले पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म हारेका छैनन् र संसदीय फाँटमा पनि अब नहार्ने उनको सपना छ ।
माओबादी केन्द्रका मेयरका उम्मेदवार गगन पुरी दमकमा माओबादी झण्डा गाड्ने ध्याउन्नेमा छन् । उन दूइ महिनाअघिदेखि चुनावी दौड्मा रहेकाछन् । मेयरको कुर्सि नजिक आफू पुगिसकेको बताउदै आएकाछन् । माओबादीले युवा र यहाँको बिकाससंग भिजेको मान्छे पुरी रहेकाले जित निश्चित भएको बताउदै आएको छ । पुरी तार्किक रुपमा र पार्टीभित्र एउटा शक्तिशालि नेता नै मानिन्छन् । बिभिन्न समयमा उनि चर्चामा आइरहने भएकाले पनि पुरीको नाम पनि दमकबासीले सुन्दै आएको ना भएकाले मत पाउने आश माओबादीको छ ।
राप्रपाका सहमहामन्त्रि रहेका राम थापा दमकमा मेयरका लागि सबैभन्दा पहिला कसरत गर्ने ब्याक्ति हुन् । उनि बर्षौदेखि मत माग्दै आएका थिए । उनि यो पटक राप्रपाले दमकमा जितेर इतिहास रच्ने बताउदै आएकाछन् । राप्रपाको झण्डा नगरमा फहराउने शुर कसेकाछन् । उनि शाहि शाषनकालमा पनि केहि समय मेयरको कुर्सिमा बसेका थिए । त्यसपछि उनले त्यो कुर्सिमा आफू फेरी एक पटक बसेर नै छाड्ने भन्दै यो निर्वाचनलाइ जिबन र मरणको रुपमा लिएर अघि बढेकाछन् ।



