नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता हेरफेरको विषयमा आक्रमक बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जवाफ बिहिन बनेका छन् ।
राजीनामा दिने तयारीमा रहेका प्रचण्डलाई ओलीले चुनावका बेला किन दिनुपर्यो ? भनि सर्बदलिय बैठकमा प्रतिप्रश्न गरिरहेका थिए । चुनावका मुखमा प्रधानमन्त्रीको राजीनामा आउँदा समस्या पर्ने भन्दै ओलीले सत्ता परिवर्तनको खेल बन्द गर्न भनेपछि कांग्रेस सभापती शेरबहादुर देउवा ओली सामु रुष्ट छन् भने प्रचण्ड जवाफ बिहीन छन् ।
संसदमा विशेष संवोधन गर्दै सत्ता छाड्ने तयारी गरेको प्रचण्डले एमालेसँग कुरा नमिल्दा सम्बोधन गर्नै पाएनन् । स्रोतका अनुसार, आज बसेको तीन दलको बैठकमा एमालेका अध्यक्ष ओली अनुपस्थित भएका छन् ।
अब संसद सुचारु नभए पछि प्रधानमन्त्रीले सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको उच्च स्रोत बताउँछ ।
संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन ।



