दमक। झापाको दमकमा रहेको लाइफ लाइन अस्पतालका २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका दमकका ५ जना मध्ये २ जना लाइफ लाइन अस्पतालका हुन् । दुबै जना अस्पतालका महिला कर्मचारी हुन् ।

संक्रमण पुष्टि हुने दुबै जना दमक ५ का हुन् । संक्रमित २६ र ४७ वर्षीया महिला हुन् । अस्पताल श्रोतले सवाल नेपाललाई दिएको जानकारी अनुसार संक्रमित दुबै जनालाई होटल आइसोलेसनमा राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य तीन जना पनि समुदायका हुन् । संक्रमण पुष्टि हुने अन्य तीन जनामा दमक ९ का २९ बर्षीय पुरुष र ३० बर्षीया महिला तथा दमक १० का ३७ बर्षीय पुरुष छन्।

आजको संक्रमितसँगै दमकमा कोरोना भाइरस संक्रमितको संख्या एक सय १९ पुगेको क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । त्यस्तै आज दमकबाट थप एक सय ५ जनाको स्वाब पीसीआर परीक्षणका लागि संकलन गरिएको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।