दमक। झापाको शिवसताक्षी नगरपालिकामा समुदायका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको ३६ जनाको रिपोर्टमा २ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको शिवसताक्षीका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।
शिवसताक्षीबाट पठाइएका ४३ जनामध्ये ७ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो । आज पोजेटिभ पुष्टि भएकाहरुमा वडा नम्बर ६ का २६ र ३२ वर्षीया महिला हुन् । उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ । अहिलेसम्म शिवसताक्षीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएपनि १४ जनाले कोरोना जितिसकेको पनि फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो ।



