दमक। झापाको दमक नगरपालिकाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको बाँकी १४ जनाको रिपोर्टमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै दमकमा कोरोना संक्रमितको संख्या एक सय २९ पुगेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । आज संक्रमण पुष्टि हुनेहरुमा ६ महिला र ३ पुरुष छन् ।
संक्रमण पुष्टि हुनेहरुमा दमक २ को २६ वर्षीया महिला, दमक ७ को २० र ५२ वर्षीया महिला, दमक ९ को ७, ५५ र ७० वर्षीय पुरुष तथा ३१ र ५० वर्षीया महिला छन् । उनीहरुलाई होम आइसोलेसनमा राखिएको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । अहिलेसम्म दमकका ७४ पुरुष र २४ महिला गरी ९८ जनाले कोरोना जितिसकेका छन् ।



