वि.सं.२०७७ भदौ – २७,शनिवार,ई.सं. २०२० September – १२,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-दशमी , २३:२५ बजे उप्रान्त एकादशी,नक्षत्र-आर्द्रा , १३:०० बजे उप्रान्त पुनर्वशु,योग-व्यतीपात , १५:३० बजे उप्रान्त वरियान्,करण-वणिज ११:२७ बजेदेखि भद्रा , २३:२५ बजे उप्रान्त कौलव,चन्द्रराशि-मिथुन,आनन्दादि योग-मुद्गर, सूर्योदय- ५:४८, सूर्यास्त-१८:१०,दिनमान-३० घडी ५५ पला,दशमी श्राद्ध।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, प्रतिस्पर्धीहरू पछि पर्नेछन्,खानेकुरा मा विचार पुराउनु होला, प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आफन्त बाट धोका हुन् सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धार्मिक कार्यमा मन लाग्नेछ , लामो दूरीको यात्रा नगर्नुहोला ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– व्यापारमा हानी हुने योग छ , राजनीतिमा शुभ देखिन्छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,परिवारमा खुशीको खबर प्राप्त हुने छ, आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,शत्रु हरु पनि मित्र बन्न सक्छन, लेनदेन मा विवाद हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोलीको प्रभाव बढ्ला ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।



