वि.सं. २०७७ भदौ- ३०,मंगलवार,ई.सं.२०२० September- १५ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-त्रयोदशी , २०:४१ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-अश्लेषा , १२:५५ बजे उप्रान्त मघा,योग-शिव , १०:३० बजे उप्रान्त सिद्ध,करण-गर ०९:२५ बजेदेखि वणिज , २०:४१ बजे उप्रान्त गर,चन्द्रराशि-कर्कट,आनन्दादि योग-आनन्द, सूर्योदय-५:४९, सूर्यास्त- १८:०७, दिनमान-३० घडी ४३ पला,प्रदोष व्रत,त्रयोदशी श्राद्ध,मघा श्राद्ध, कलियुगादि, सर्वार्थसिद्धि योग १२:५५ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,घरायासी कलह बढ्ने योग छ ,आजको शुभ अंक ४ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – साझे दारीको काममा संकट आउनेछ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लेनदेन मा विवाद हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – चोट पटक लाग्ने योग छ,शारीरिक मानसिक पिडा बढ्ने छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आर्थिक संकट पर्ने देखिन्छ,गुप्त रोगले सताउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,व्यापारमा हानी हुने योग छ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आर्थिक संकट पर्ने देखिन्छ,खानेकुरामा विचार पुराउनु होला,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,शत्रु हावी हुनेछन,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ, आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– गोपनीयतामा ख्याल गर्नु होला,यात्रा घातक बन्ने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – दाजु भाई बीच मनमुटाव हुनेछ,स्वास्थ्यमा सुधार आउनेछ,अध्ययनमा सुधार सफल भइनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।