काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्लै गएका छन् । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah