डोटी । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका - ४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।