दमक। सामाजिक कार्यमा सक्रिय रहदैआएका झापाका युवा समाजसेवी छवि बाँसकोटाले मिठाई पसल र खाजा घर संचालनमा ल्याएका छन् । उनले दमकको फाल्गुनन्द चोकमा गृष्मा स्विट्स हाउस एण्ड खाजा घर नाम राखेर पसल संचालनमा ल्याएका हुन् ।
सो पसलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिवन काटेर उद्घाटन गर्नुभयो । सो क्रममा दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु खड्का, पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का लगायतको उपस्थिति रहेको थियो । सहयोगी हात नामक सामाजिक संस्थाको अध्यक्ष समेत रहेका बाँसकोटाले विभिन्न क्षेत्रमा रहेर समाजसेवा गर्दै आएका छन् । उनी यसअघि पहिलो पाईला दमकको अध्यक्ष समेत थिए । बाँसकोटा राप्रपाका युवा नेता समेत हुन् ।



