चितवन । नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपुरको देवचुली नगरपालिकाका ३१ वर्षीय पुरुष छन् । उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ ।